गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्ध विच्छेद



गायक रामकृष्ण ढकाल दम्पत्तिले सम्बन्धविच्छेद भएको छ । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।
जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् ।
ढकाल दम्पत्तिको एउटी छोरी छन्, उनी अब आमासँग रहने छिन् ।

प्रतिक्रिया दिनुहोस्