काठमाडौं, नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको तेश्रो महाधिवेशन शनिबार साप फल्चा बबरमहल काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनको बन्द सत्रले पुनः पूर्ण प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्बत निर्वाचित गरेको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा कुमार कार्की, उपाध्यक्षहरुमा मानदेव हजारा, मदन रेग्मी, निरोज पाण्डे, बिबेक श्रेष्ठ, लक्ष्मी अधिकारी, भवानी भक्त दाहाल, राजकुमार लघु, महासचिवमा रमेश नराल, उप महासचिवमा हरिमाया कार्की, हिराकाजी तामाङ र नेत्र देव सिंह लामा कोषाध्यक्षमा कमला बजगाई, सह कोषाध्यक्षमा कल्पना विश्वकर्मा सचिवमा सुजन देवकोटा, मैया नेपाल र संगम वाईवा तथा सदस्यहरुमा ज्ञानेन्द्र सिजापती, कृष्ण गौतम, पदम बस्नेत, यसोदा थापा, अविनास राना, अच्युत नेपाल, नवराज ओझा र पुष्पराज भट्टराईलगायत निर्वाचित भएका छन ।
अध्यक्ष पूर्ण प्रसाद पाण्डेको अध्यक्षता र प्रमुख सल्लाहकार डा. चुडादेव सिं लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक भिम ढकाल, घरेलु महासंघका बरिष्ठ उपाध्यक्ष सुर्य कंडेल, राखेप सदस्य मानदेव हजारालगायतले शुभकामना ब्यक्त गरेका थिए । हरिमाया कार्कीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष कुमार कार्कीले स्वागत गरेका थिए । समितिको प्रमुख सल्लाहकारमा डा. चुडादेव सिं लामा, सल्लाहकारमा भिम ढकाल, उद्धब तिमिल्सिना, ऋतुबज्र लामा, मुकेश उपाध्याय, अच्युत पाण्डे र प्रेस सल्लाहकारमा नवराज बजगाईलाई मनोनयन गरिएको छ ।
कार्यक्रममा सञ्चारकर्मीहरु पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक/प्रधान सम्पादक नवराज बजगाई, रफत सञ्चार क्लबका कार्यकारी निर्देशक सुनिलबन्धु थापा, गोरखापत्रमा कार्यरत पत्रकार भेषराज बेलबासे तथा सामाजिक एवं खेलप्रेमी व्यक्तित्वहरु डा. चूडादेब सिंह लामा काठमाडौं र निर्मल त्रिपाठी काभ्रेपलाञ्चोकलाई बिशेष सम्मान गरिएको थियो ।