बनेपा, नेपाल क्योकुशिन सेइसिन काइकान कराते एसोसिएशन काभ्रे शाखाको प्रथम साधारण सभाबाट निर्वाचित कार्यसमितिलाई प्रमाण–पत्र वितरण एवं खेलाडी प्रोत्साहन बिशेष कार्यक्रम शुक्रबार बनेपा पार्टी भेन्युमा सम्पन्न भएको छ ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मानवीर वाईबाको सभापतित्व र नेपाल क्योकुशिन सेइसिन काइकान कराते एसोसिएशनका केन्द्रिय अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नव निर्वाचितलाई प्रमाण–पत्र वितरण गरिएको हो ।
केहि दिनअघि ब्रान्च चिफ राजेन्द्र थापाको उपस्थितिमा भएको कार्यक्रमबाट सुर्य बहादुर श्रेष्ठको अध्यक्षतामा सर्वसम्वत समिति चयन भएको थियो । जसको उपाध्यक्षहरुमा बसन्तनारायण भोक्षिभोया र संगम थापा, सचिवमा नहकुल के.सी., सह–सचिवमा धनेन्द्र तिम्लसेना(राज तिमल्सेना) कोषाध्यक्षमा निलम श्रेष्ठ र सदस्यहरुमा पुष्पा खड्का, कल्पना सापकोटा, माघब खड्का, पुजन महर्जन र जयराम लामा रहेका छन । त्यसैगरी समितिको प्रमुख सल्लाकारमा महेश कर्माचार्य र सल्लाकारमा महेश पौडेल तथा प्रेस सल्लाकारमा नवराज बजगाई र कपिल कोइराला रहेका छन ।
उपाध्यक्ष वसन्त नारायण भोछिभोयाको स्वागत र सचिव नहकुल केसीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल क्योकुशिन सेइसिन काइकान कराते एसोसिएशनका केन्द्रिय अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठ, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मानवीर वाईबा, पत्रकार महासंघ काभ्रे अध्यक्ष बद्रीराज तिमल्सिना, बनेपा–८, का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, निर्वाचन अधिकृत हरिशरण बस्नेत, नव निर्वाचित अध्यक्ष सुर्य बहादुर श्रेष्ठलगायतले खेलकुद र क्योकुशिन सेइसिन काइकान करातेका बारेमा बोलेका थिए ।