मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी असार २० गते राष्ट्रिय नाच घर जमल काठमाडौैैमा हुने भएको छ । जसको ट्यालेन्ट शो असार ८ गते बानेश्वरमा हुदै छ ।
लामो समयदेखि सौन्दर्यक्षेत्रमा जमेका मेकअप आर्टिष्ट टेकराज पाण्डेको आफ्नो ईभेन्ट कम्पनी दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा हुन लागेको ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करणको ग्राण्ड फिनाले हुन लागेको हो । दुबै समुहमा गरी १६ सहभागी अहिले प्रशिक्षणको चरणमा रहेका छन ।
दक्ष ईन्टरनेशनलका प्रमुख समेत रहेका मेकअप आर्टिष्ट टेकराज पाण्डेका अनुसार विगत भन्दा यस वर्ष प्रतियोगितलाई फरक ढंगले प्रस्तुत गरिने बताउनुभयो । उहाँका अनुसार प्रतिष्पर्धामा ईश्वरी हमाल ठकुरी, बिपना मल्ल, मेनुका कार्की, सज्जा मिजार, सञ्जिता तामाङ, उर्मिला रेग्मी, जेलिना भट्टराई र इशु सिं ठकुरी तथा रमिता बज्राचार्य, विजया अधिकारी, लक्ष्मी कुमारी बस्नेत, अनिशा शेरचन, प्रविन कला राई, लक्षिमा थारु, रञ्नना सखाकर्मी र रितु रुनियार सहभागी रहेका छन ।
कार्यक्रम व्यबस्थापक एवं सौन्दर्यकर्मी गिता उप्रेतीका अनुसार प्रतिस्पर्धीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरूको आन्तरिक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा निर्देशक टेकराज पाण्डे, व्यबस्थापक गिता उप्रेती, कोरियोग्राफर रोशनी चन्दलगायत रहेका छन ।