स्थानीय तहको सरकार जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सरकार हो । पालिकामा उपलब्ध सिमित स्थानीय स्रोत साधन प्रयोग गरी गाउँटोलको असिमित आवश्यकता पूरा गर्न गाह्रो छ । जसअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा पालिकामध्ये बनेपा नगरपालिका पनि एक हो । स्थानीय तहका आवश्यकता, सम्भावना, चुनौती र उपलब्धिहरूको सेरोफेरोमा रहेर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले लिएको अन्तर्वार्ताको सम्पादित अंश ः

० तपाई यो कुर्सीमा बस्नु भन्दा अगाडी हाल्नु भएको ईस्टटस पछिलो समय निकै नै भाइरल भएको छ, बनेपा धुवा, धुलो नै धुलो छ भनेर हाल्नु भएको थियो ? के तपाई यो कुर्सीमा बस्दा देख्नु भएन र मेयरसाप ?
हो मैले पोस्ट गरेको थिए । त्यस बेलामा हाम्रो नगरपालिकामा यो बाटो सम्बन्धी योजना केहि पनि थिएन केहि गरेको अवस्था थिएन र दायाँ बायाँ हिलो भएको अवस्था थियो । सहज रुपमा हिड्न सक्ने अवस्था थिएन त्यसैले मैले ईस्टटस पोष्ट गरेको हुँ । धुवा धुलो व्यवस्थित भएन भनेर मैले त्यो समय पोष्ट गरेको थिए । तर अहिले अरनिको राजमार्ग विस्तार क्रम हुदैँ छ । त्यसैले अहिले जताततै खनिएको अवस्था छ, डाइभर्सन बनाईएको अवस्था छ त्यो ठाउँबाट गाडिको पाङ्ग्राले माटोहरु बाटोमा ल्याएर धुलो भएको अवस्था छ र पानी परेको अवस्थामा हिलो भएर गाडीहरु हिड्नै गारो भएको छ । यस कारण अहिले धुवा धुलो भएको छ र त्यस समय र अहिलेको समय अल्ली फरक छ किनकि त्यस समय केहि योजनाका कार्यहरु भएको थिएन तर अहिले योजनाका कार्यहरु भइरहेको छ ।

० पछिलो समय हेर्ने हो भने अरनिको सडक बन्दैछ, यो अवस्थामा निकै दुर्घटना बढ्दैछ, यस अवस्थामा तपाईहरुको कुनै दायित्व हुदैन ? दुर्घटनामा परी शरिरका अड्डभङग भई रहेको छ यहिका स्थानिय जनताहरुको, यसमा के गर्न सकिएला ?
सुरक्षाको लागि गर्नु पर्ने सावधानका कामहरु जस्तै डिभाइडर, साइनबोर्ड राख्ने जस्ता काम गरेका छौँ । जुन ठाउँमा अलि अप्ःmटयारो छ त्यस ठाउँमा चालकहरुले अलि सावधानका साथ सवारी साधन चलाउदा यस्ता दुर्घटनाहरु कम हुने गदर्छ । तर सबैले हतार गर्ने, बाटो नभएको ठाउँमा पनि ओभरट्याग गने, खाल्टो भएका ठाउँमा ओभर इस्पीड गुडाउने यस्ता प्रकारका गतिविधि गर्ने भएकोले कहिले काहि अप्रिय घटना घट्ने गर्दछ । यसमा सबै भन्दा मुख्य भुमिका चलकको हुन्छ । यसमा चालक नै अलि सजक हुन अति आवश्यक रहेको हुन्छ ।

० अहिले बनेपा नगरपालिका कछुवाको गतिमा काम गरी रहेको छ, भनेर टिका टिप्पणी भईरहेको छ नि ?
यसमा तपाईहरु नै अनुमान गर्नुहोस् करिब छ सय ओटा भन्दा बढी योजनाका कार्यहरु सम्पन्न भईसकेका छन् । दुई वर्षको समय अवधिमा अब पनि निकै योजनाहरु सम्पन्न हुन लागेका छन् । अब यसरी काम हुदा पनि कछुवाको गति हुने भए कस्तो प्रकारको कार्यलाई कछुवा गति नभन्ने तोत जसले भन्छन् उसलाई सोध्नु पर्छ ।

० बनेपा नगरपलिका भनेको वडा ७ र ८ मात्रै हो ? खानेपानी र ढल हेर्ने हो भने ७ र ८ मा मात्रै छ नि ?
बनेपा नगरपालिका वि.सं २०३८ सालमा स्थापना भएको नगरपालिका हो । यो बनेपाको कोर एरीया भनेर शुरुको हिसाब गर्ने हो भने अहिले ५ ओटा वडामा सिमित छ ५,६,७,८ र ९ अहिले १ देखि ११ सम्म विभाजीत थिए यिनै ५ ओटा वडा अहिले ५ ओटामा सिमित भएको छ । करिब बिस तिस वर्ष अगि देखि नै यस वडाहरुमा खानेपानी र ढलको विकास हुदै आएको थियो । अहिले आएर राज्य पुर्नस्थापना पछि बनेपा नगरपालिका ठुलो भयो । यसमा चार ओटा गाविस सहित गासिन आयो । जुन पुरानो बनेपा नगरपालिका वि.स २०७४ भन्दा पहिला देखि नै विकास भएको थियो तर पछि गासिएको वडाहरु हुदै छ त्यसैले मान्छेहरुले यो सोचे होलान् । अहिले सबै वडाहरुमा खानेपानीको व्यवस्था हुदै छ । केन्द्री सरकार, स्थानिय सरकारको पनि ध्यान आर्कषण भएको छ । एक घर एक धारा भन्ने अभियान छ यसलाई कार्यन्वयन गर्ने छौ । पानी नभएको ठाउँमा बोरिङ गरेर पानी निकालिसकेको अवस्था छ । तर यहाँको बासीदाहरुको गुनासो ७ र ८ मा केहि कार्य भएको छैन भन्ने गुनासो बढी आउने गर्दछ । बाटो नभएको ठाउँमा बाटो बनाईएको छ पिच नभएको ठाउँमा पिच गरीएको छ । आवस्था अनुसार र योजना अनुसार कामहरु भईरहेको छ । बनेपा नगरपालिका भरी समान रुपले बजेट छुट्याएको छ ।

० बनेपा नगरपालिकाको वडा नं. ८ मा करिडोर बनाउने भन्ने ठाउँमा अहिले पार्क बन्दै छ रे त्यहाँ वृक्षारोपण पनि हुदै छ भन्ने कुरा सुन्नमा आयो, करिडोर नै नबनाई पार्कको आवश्यक थियो ?
करिडोरको लागि हामी बिकल्पको प्रयास गरी रहेका छौ । करिडोर बनाउने स्थानमा वृक्षारोपनि गर्नु पर्ने आवश्यक छैन र हामी करिडोर बनाउन रोक पनि गर्ने छैन । हामी आउनु भन्दा पहिले देखि नै जग्गा धनीहरु मुद्धा गर्नु भएको छ । यसमा अदालतले काम नगर्नु र नगराउनु भन्ने आदेश दिएको कारण गर्दा हामीले कुनै पनि कार्य नगरेका हौ ।

० वडा नं. ६ को वडा अध्यक्षले करिडोर बनाउन मेरो वडाबाट शुरु गरौ मेरो वडाबाट कुनै पनि विबाद हुदैन यसको जिम्मा म लिन्छु भन्दा तपाईले वास्ता गर्नुभएन भन्ने कुरा सुन्न आएको छ ?
बनेपा नगरपालिकामा हुन पर्ने कामहरु सबैको समर्थमा हुने हो । यहाँ कुनै पनि व्यक्तिको इच्छाले हुदैन । यसको लागि हाम्रो बोर्डमा पनि कुरा भई सकेको छ । सबै भन्दा प्रमुख कुरा बजेटको अवस्था हुन्छ । करिडोर बनाउनको लागि खोलाको किनारामा सिमाना छुट्याउन वालहरु पनि लगाउन पर्यो यसको लागि असि करोडको योजना बनाउन पर्यो यसको लागि बजेटको अति आवस्यक हुन्छ । अब केन्द्रीय सरकार तथा स्थानिय सरकारबाट नै स्वीकृति लिएर वडा नं. ६ बाट नै काम शुरु हुन्छ । बनेपा नगपालिकामा कुनै पनि विकास निमार्णको कार्यहरु रोक हुने छैन ।

० बनेपामा धेरै जस्तो पैदल यात्री हिड्ने बाटोमा व्यापारीहरुले आफ्नो सामग्रीहरु राखेर कब्जा गरी पैदल यात्रीहरुलाई हिड्न असहज बनाइदिए भनेर धेरै गुनासो आएको छ ? यसको व्यवस्थापन कहिले हुन्छ ?
यसमा सुरुदेखि नै पैदल यात्रीहरु हिड्नु पर्छ भनि छुट्याएको हो । यसमा फुटपाथमा राखी सामान विक्रि गर्न पनि एक निश्चित समय छुट्याईएको छ जस्तै बिहानको ८ः३० बजे सम्म र बेलुकाको ५ः३० बजे देखि छ र यसमा मौसम अनुसारको समय फरक हुने गर्दछ, जाडो र गर्मीमा छुट्याइएको छ ।
० बनेपा बजार हेर्ने हो भने बेलुका एकदम झिलिमिलि देखिन्छ ? हजुरले यो बत्तीहरु बनेपा बजारमा मात्रै कि अरु ठाउँहरुमा पनि राख्नु भएको छ ?
हामीले सडक बत्तीहरुलाई व्यवस्थित गरी मान्छेहरुलाई सुरक्षित सहज रुपमा हिड्न सकुन भनि हालिएको हो । सडक बत्तीलाई हामीले अरनिको राजमार्गमा सबै भन्दा पहिला लाइन जडान गर्यो । बनेपाको भित्री एरियामा पनि व्यवस्था गरीको छ । अहिले बनेपाको बजारमा मात्रै सिमित नभई बनेपाको १४ वटै वडाहरुमा मुख्य मुख्य चोकहरुमा सडक बत्तीहरु जडान भईसकेका छन् ।

० फोहोर व्यवस्थानको प्रमुख चुनौती विषय पनि रहेको छ, यसलाई हजुरले कसरी हेर्नु भएको छ ?
फोहोर व्यवस्थापन पहिला भन्दा अहिले धेरै राम्रो भईसकेको छ यसमा हामीले बिहान बिहान नगरका सरसफाई गर्ने कर्मचारीहरुलाई लगाई रहेका छौ । अहिले हेर्न पनि सक्नु हुन्छ बनेपा बजार पहिलाको तुलनामा धेरै सफा भईसकेको छ । बनेपाको प्राय वडामा कौसी खेति प्रबन्ध गदै आएका छौ । यो किन आवस्यक छ भने हाम्रो किचेनबाट निश्कने जैविक मल बनाउन प्रयोग हुन्छ र फोहोरलाई व्यवस्थापन गर्न सजिलो गर्दछ ।

० बनेपा नगरपालिका धेरै जस्तो मानिसहरु कृषि पेषामा आधारित छन् कृषि क्षेत्रमा तपाईहरुको लगानी र योगदान के कस्तो हुदैछ ?
बनेपा नगरपालिकामा वि.स २०७४ साल जोडिन आएका वडाहरु ग्रामिण भुभाग छन् त्यसैले प्रांय मानिसहरु कृषिमा आधारित छन् । कृषिको लागि भनेर कृषि महोत्सवको आयोजना गरियो । बनेपा वडा नं ८ मा रहेको चार रोपनि जग्गा मल्टी च्यापर, मल्टीलेयर कोल्डस्टोर बनाउनको लागि जि.पि.आर गरिसकेका छौ र यसमा हामीले दुई करोड बजेट छुट्याएका छौ । किसानहरुलाई सहयोग र हौसलाको लागि लम्पी रोगबाट मृत्यु भएको गाई भौसीलाई नगरपालिका बाट प्रति पशु बराबर १०,०००÷– वितरण गरेका छौं । त्यस समय नगपालिका भरी छ सय पशुहरुको मृत्यु भएका रहेछन् । बनेपा नगर भित्रका प्रत्येक पशुहरुलाई निशुल्क बिमा गरीदिएका छौं । किसानहरुलाई औजार, बिउ, ट्याक्टर जस्ता सामानहरु वितरण गरि सकेका छौ ं।

० बनेपाको लायकुमा सञ्चालन हुदैं आएको हाट बजार कस्तो हुदैं छ र कसरी सञ्चालन भईरहेको छ ?
हाट बजार सञ्चालन गर्दा कृर्षक तथा उत्पादन गर्ने व्यक्तिहरुले सिधा उपभोक्ताहरु सँग विक्रि गर्न पाउँने र कृर्षक तथा उपभोक्तहरुलाई फाईदा हुने भएकोले यो हाट बजार आवश्यक रहेको छ । बनेपा लायकुको हाट बजार उपत्यकाको छेउछाउमा सर्वप्रथम सञ्चालन गरिएको हो । यसरी सञ्चालन गरे पछि विचमा खाने दलालहरु नहुने भएकोले उत्पादन गर्ने व्यक्तिहरुलाई सहज भएको छ । उपभोक्ताहरुले पनि ताजा तरकारी तथा फलफुलहरु उपभोग गर्न पाउछन् । यस हाट बजारमा शुलभ मुल्यमा विक्रि वितरण हुने गर्दछ ।

० तपाईहरुले शिक्षा क्षेत्रमा अनुगमन गर्नु भएको छ वा छैन ? शिक्षामा गुणस्तर कस्तो छ ? निजि विद्यालयले जस्तै सामुदायिक विद्यालयले राम्रो शिक्षा दिन सकेको छ कि छैन ? शिक्षा क्षेत्रमा तपाईहरुले के के गदै हुनुन्छ ?
शिक्षा भनेको अत्यन्तै महत्वपुण कुरा हो । बनेपा नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यहरु गदै गएको छ । बनेपा नगरपालिका भरी जम्मा ३१ वटा सामुदायिक विद्यालयहरु छन् । हामी यस नगरपालिका भरीका आठ वटा सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालय कार्यक्रम लिएर गएका छौं । सामुदमयिक विद्यालयहरुमा बजेट नहुने भएकोले आवश्यक परेको बेलामा प्रत्येक वर्ष प्रत्येक विद्यालयलाई दश लाख शैक्षिक गुणस्तर उकास्नको लागि बजेट छुट्याएका हुन्छौ। कम विद्यर्थी भएको विद्यालयहरुले ठुलो अथवा धेरै विद्यर्थी भएको विद्यालयसंग गाब्ने कोसिश गदै छौं । विद्यार्थीहरुलाई विद्यालय आउन टाढा हुने भयो भने बस राख्नको लागि नगरपालिकाबाट पनि सहयोग गर्ने छौं । बनेपा नगरपालिकाबाट नगरमा भएका निजि तथा सामुदायिक विद्यालयहरुमा विद्यार्थीको निशुल्क आँखा शिबिरको पनि व्यवस्था गर्योै ।