शव्द लेखनमा आफुलाई अब्बल बनाउदै गरेका श्रष्टा लक्ष्मण पाण्डेको नयाँ लोकदोहोरी गीत ‘हाँसेबोले आनन्द हुनी’ केहि समय अगाडी सार्वजनिक भएको छ । पाण्डेको आफ्नै युट्युव च्यानल ‘लक्ष्मण पाण्डे’ बाट उक्त गितको भिडियो सार्वजनिक गरिएको हो । भिडियो सार्वजनिक भएसँगै चर्चामा पनि रहेको छ ।

हाँसेबोले आनन्द हुनीबोलको गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गरेका छन् । करिश्मा ढकाल, सन्तोष शर्मा र सगुन शर्माले अभियन गरेको उक्त म्यूजिक भिडियोमा कुलेन्द्र विश्वकर्मा र शान्तीश्री परियारको स्वर रहेको छ । गीतको संगीत तथा शब्द लक्ष्मण पाण्डे आफैले गरेका छन् भने मालाश्री स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो । मिक्स माष्टर खड्क बाजुरालीको रहेको म्युजिक भिडियोको एरेन्जर विनोद बाजुरालीले गरेका हुन् ।

गीतकार पाण्डेले आफ्नै लगानीमा गीतहरू सार्वजनिक गर्ने गर्दछन् । पाण्डेले यो भन्दा पहिला एकान्तमा आँसु खसाए, सुखी हुन्छ जिन्दगी लगायतका म्यूजिक भिडियो सार्वजनिक गरीसकेका छन् । -नव क्षितिज साप्ताहिकबाट

भिडियो