दिनेश भण्डारी,
गित संगीतहरु एक पछि अर्को सार्वजनिक हुने क्रम निरन्तर रहेको छ । गीत संगीत हरु एक–एक गर्दै आउने क्रममा धेरै थरिका कथा तथा सामाजिक परिवेशमा आधारित हुँदै निस्कने गरेको छ । यस्तै भावलाई मध्ये नजर गर्दै “मनै फाट्यो ए हजुर क्यारि जिउने हो“ बजार मा भर्खरै मात्र सार्वजनिक भएको छ । उक्त गीतको भाव भने माया पिरतीमा आधारित रहेको छ ।

सार्वजनिक गीतमा ऋषि बरालको मन छुने शब्द तथा ऋषि खड्काको मन लोभ्याउने संगीतले सजिएको छ । रमेश सेन्चुरीको म्युजिक एरेन्ज भित्र रहेको छ । गीतमा नेहर बुढाथोकी र समिक्षा अधिकारीको सुमधुर आवाज भरिएको छ । म्युजिक भिडियो भने सिर्जन बरालले निर्देशन गरेका हुन । राजेश घिमिरेको छायांकन र अमृत चापागाईंको सम्पादकमा निरुता शाहि, मिस पवि, सुवास शर्मा, राजेश परियार, निराज श्रेष्ठ र चाहाना श्रेष्ठको उत्कृष्ट अभिनय रहेको छ ।–नव क्षितिज साप्ताहिकबाट

भिडियो