दुध एक पूर्ण पौष्टिक आहार हो । यो बालकदेखि वृद्धवृद्धा, बिरामी सबैलाई अति नै आवश्यक हो । जन्मने बितिक्कै पहिलो आहारा नै दुध हो । संसारमा दुधको जति महत्व त्यति अरु चिजको नहुन सक्छ । दुधलाई राज्यले पनि अति आवश्यकको बस्तुमा गणना गरेको छ । गाउँघरमा किसानको आम्दानीको लागि पनि दुध मुख्य स्रोत भएको छ । पशुपालनले विशेष गरि अर्गानिक उत्पादन गर्दा खेतीपातीको लागि गोबर र गहुँत प्रयोगमा ठूलो सहयोग पु¥याएको हुन्छ ।
दुग्ध क्षेत्र भन्नाले दूध उत्पादन, संकलन, प्रशोधन, बजारीकरण आदि सम्पूर्ण श्रृंखला बुझिन्छ । स्थानीय गाई भैंसीलाई उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान र सन्तुलित पशु आहाराले धेरै राहत मिल्न सक्छ । उत्पादित दूध प्रशोधन पाश्चुराइजेशन प्रविधिको प्रयोग गर्ने चलन छ । त्यस्तै स्वचालित दुग्ध उपकरणहरुको सरसफाई एवं स्वच्छताका लागि क्लिन इन सिप (सि.आइ.पी) प्रविधिको प्रयोगबाट भएको हो । गुणस्तरयुक्त दूध तथा दुग्धपदार्थ उत्पादनमा प्राविधिकको मुख्य भूमिका हुन्छ । असल प्राविधिकले उद्योगलाई मुनाफा दिने, गुणस्तर कायम गर्ने, एक निश्चित दिशा दिने, वातावरण मैत्री पूर्ण बनाउने आदि गर्दछ । समय सापेक्ष परिवर्तन हुने प्रविधिलाई मौजुदा प्राविधकले वीचको अन्तराललाई न्युनीकरण गर्न तालिम, सेमिनार, अवलोकन, अध्ययन आदि गरिनुपर्छ ।

नेपालमा दुग्ध क्षेत्रको अवस्था यस्तो रहेको पाइन्छ ः–
– नेपाल मुख्यतय कृषि प्रधान देश हो । यहाँ अहिले पनि ६१ प्रतिशत नेपालका जनसंख्या कृषि पेशामा आश्रित छन् ।
– कुल ग्राहस्थ उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९% रहेको छ । अझ थप राज्यले सहयोग पु¥याउन सक्दा बढाउन सकिन्छ ।
– नेपालमा दैनिक उत्पादन ६२ लाख लिटर दुध उत्पादन हुन्छ ।
– कुल उत्पादनको १७ प्रतिशत औपचारिक माध्यमबाट बिक्री हुन्छ भने बाँकी ३३ प्रतिशत अहिले पनि अनौपचारिक क्षेत्रमा खुल्ला रुपमा बिक्री भएको पाइन्छ भने बाँकी ५० प्रतिशत दुध अहिलेसम्म पनि बजारमा आउन सकेको छैन ।
– दुध उत्पादनमा दुई सिजन लिन र फ्लस सिजन हुन्छ ।
लिन सिजन (चैत्र, बैशाख, जेष्ठ, अषाढ, श्रावण र भाद्र) फ्लस सिजन ( असोज, कार्तिक, मंसीर, पौष, माघ र फाल्गुन )
– निजि डेरी उद्योगहरुमा डिडिसी र सहकारी बाहेक लगानी करिब ४५ अर्ब छ ।
– कच्चा दुध संकलन, ओसार पसार तथा बिक्रि बितरण कार्यमा ४० हजार जनाले रोजगार पाएका छन् ।
– ६ लाख कृषक परिवार प्रत्यक्ष रुपमा दुग्ध क्षेत्रबाट लाभान्वित भएको देखिन्छ ।
– दैनिक ६ करोड रुपैयाँ शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा दुध उद्योगहरु मार्फत प्रवाह हुने गरेको पाइन्छ ।
– डेरी उद्योगलाई ठूला, साना, मझौला र घरेलुमा गरि
चार भागमा विभाजन गरिएको छ ।
– कुल उत्पादनको प्रतिशतमा खपत हेर्दा प्रति व्यक्ति प्रति वर्ष ८७ लिटर उपभोग भएको पाइन्छ । तर विश्व खाद्य संगठनका अनुसार प्रति ब्यक्ति प्रति वर्ष ९१ लिटएर सेवन गरेको हुनुपर्छ भनेको छ । अब हामी करीब २० प्रतिशत आत्मनिर्भर हुन बाँकी छौं ।
– दुध बिक्रीबाट दैनिक ६ करोड शहरबाट गाउँमा नगद प्रवाह हुन्छ ।

दुग्ध क्षेत्रको विकास र औद्योगिक करण र संस्थागत विकास निम्नानुसार भएको पाइन्छ –ः
– सन् १९५२, रसुवा लाङटाङ्मा नेपालकै पहिलो याक चिज कारखाना स्थापना भएको हो भने सन् १९५३ ( २००९ साल) मा काभ्रेको टुसालमा लघु दुग्ध प्रशोधन तथा दुध संकलन केन्द्रको शुरुवात भएको हो ।
– सन् १९५४, कुषि मन्त्रालय अन्तरगत दुग्ध विकास शाखाको स्थापना भएको पाइन्छ ।
– सन् १९५५ मा दुग्ध विकास आयोगको स्थापना भएको हो ।
– सन् १९५६ लैनचौरमा ५०० लिटर प्रति घण्टा क्षमताको दुध प्रशोधन कारखानाको स्थापना भएको हो ।
– सन् १९६२ मा दुग्ध विकास आयोग, दुग्ध विकास बोर्डमा परिणत भएको हो ।
– सन् १९६६ मा पशु सेवाको स्थापना भएको हो ।
– सन् १९६९ मा दुग्ध विकास संस्थानको स्थापना भएको हो ।
– सन् १९६६ दुग्ध विकास संस्थानको स्थापना सँगै दुग्ध उत्पादक संस्थाहरुको संस्थागत गठनको शुरुवात हुन थाल्यो।
– सन् १९७३–१९८० पाँचै विकास क्षेत्रमा दुग्ध विकाससंस्थानका दुग्ध वितरण आयोजनाहरुको स्थापना तथा विस्तार हुन थाल्यो ।
– सन् १९७० देखि निजि दुग्ध उद्योगहरु स्थापनाको प्रारम्भ हुन थाल्यो ।
– सन् १९९०–२००० दश वर्षे दुग्ध विकास योजनाको निर्माण भयो ।
– सन् १९९१ मा नेपाल कृषि अनुसन्धान परिषदको स्थापनासँगै दुग्ध क्षेत्रसँग सम्बन्धि अनुसन्धान कार्यको प्रारम्भ भयो ।
– सन् १९९२ बाट सहकारी ऐन जारी भए पश्चात दुध उत्पादक संस्थाहरु द्युग्ध सहकारी संस्थामा परिणत हुनुका साथै अन्य दुग्ध सहकारी संस्थाहरुको स्थापना शुरु भयो ।
– सन् १९९२,दश वर्षे दुग्ध विकास योजनाले मार्ग निर्दिष्ट गरेको आधारमा राष्ट्रिय दुग्ध विकास वोर्डको स्थापना भयो।
– सन् १९९३, केन्द्रिय दुग्ध सहकारी संघको स्थापना भएको हो।
– सन् १९९५, सरकारी स्तरमा विराटनगरमा पहिलो धुलो दुध कारखानाको स्थापना भयो ।
– सन् २००८, निजिस्तरमा पोखरामा पहिलो धुलो दुध कारखानाको स्थापना भयो ।
– सन् २००९ निजि स्तरमा चितवनमा दोश्रो धुलो दुध कारखानाको स्थापना भयो ।
– २०५५ सालमा निजि डेरी उद्योगहरुको छाता संगठन नेपाल डेरी एसोसिएसनको स्थापन भयो ।

डेरी क्षेत्रमा अनगिन्ती समस्याहरु छन् तर त्यसमा पनि केहि मुख्य समस्याहरु निम्नानुसार छन् ः–

– राष्ट्रिय दुग्ध विकास वोर्डमा जति सरकारले बजेट दिनुपर्ने हो त्यति दिन नसक्दा आज दुग्ध क्षेत्रमा जति हुनुपर्ने हो त्यति काम भएको छैन ।
– सबै डेरी उद्योगहरु राज्यको नीति नियम भित्र रहेर संचालन नभएका र सबै डेरी उद्योगहरुलाई संगठीत गर्न सकिएको छैन।
– विगतमा नेपालका डेरी क्षेत्रमा डेनमार्क, जापान, डेनिडा जस्ता संस्थाहरुको निरन्तर सहयोग रहँदै आईरहेकोमा हाल उक्त संस्थाहरुबाट कुनै पनि आर्थिक सहयोग नभएकाले डेरी क्षेत्रमा सशक्त गतिविधि संचालनमा समस्या भएको छ ।
– सरकारी निकायबाट डेरी क्षेत्रमा देखिएका समस्याहरु निराकरणका लागि गरिने कार्यक्रमहरुमा सरोकारवालासँग समन्वयात्मक भुमिका निर्वाह गर्न उचित सहकार्यको कमि भएको छ ।
– हाल नेपालमा धुलो दुध र बटर स्टक अत्यधिक स्टक भएर डेरी क्षेत्रमा
दुग्ध क्षेत्रका सरोकारवाला निकायहरु ः
– कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय
– प्रदेश कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय
– राष्ट्रिय दुग्ध बिकास बोर्ड
– प्रदेश दुग्ध बिकास बोर्ड
– दुग्ध बिकास संस्थान
– पशु सेवा विभाग
– नेपाल कृषि अनुसन्धान परिषद
– खाद्य तथा गुण नियन्त्रण विभाग
– नेपाल डेरी एसोसिएसन
– केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड
– केन्द्रिय पशुपंक्षी तथा मत्स्य पालन सकहारी संघ
– सहकारी बिभाग
– स्थानिय निकाय अन्तर्गत कृषि वा पशुपन्छि शाखा

दुग्ध क्षेत्रमा गर्नुपर्ने कामहरु ः
– उद्योग र संकलन केन्द्रमा प्रयोग हुने विद्युतमा छुटको व्यवस्था हुनुपर्ने ।
– दक्ष जनशक्ति उत्पादनका लागि दुग्ध प्रविधिको अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना गरिनुपर्ने । सोको लागि नेपालको पहिलो डेरी स्थापना स्थल काभ्रेको नाला, टुसालमा स्थापना गर्नुपर्ने ।
– पशुपालन व्यवसायलाई व्यवस्थित एवं व्यवसायिकरण गरि दुधको माग पूरा गर्न शुलभ ऋण र आवश्यक तालिमको व्यवस्था गरिनुपर्ने ।
– डेरी जन्य मेशिनरीहरुमा पूर्ण भन्सार छुट हुनुपर्ने ।
– दुध सम्बन्धि सम्पूर्ण निति निर्माणमा दुग्ध व्यवसायीहरुलाई अनिवार्य रुपमा सबै निकायमा प्रतिनिधित्व गराउनुपर्ने ।
– स्वदेशी डेरी उत्पादनलाई प्राथमिकतामा राखी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने ।
– ८० प्रतिशत आत्मनिर्भर भएको दुग्ध क्षेत्रमा विदेशी लगानी ल्याउने कुरामा सरकारले रोक्नुपर्ने र स्वदेशीलाई प्रोत्साहन गर्नुपर्ने ।
– आयातित दुध तथा दुग्ध पदार्थहरुका कारण स्वदेशी उत्पादनहरुको बजार घट्दै गईरहेकोले सो समस्या निवारण गरि स्वदेशी उद्योगको संरक्षण र प्रबर्द्धनगरिनु पर्ने ।
– दुध बढि भएको बेलामा धुलो दुध बनाउन सहजता हुने र दुध कम हुने बेलामा सहज रुपमा उचित मूल्यमा धुलो दुध उपलब्ध हुने वातावरण श्रृजना गरिनु पर्ने ।
– सरकारले घोषणा गरेको सहुलियत दरको ऋण प्राप्तिको लागि व्यवसायीहरुको संगठनको सिफारिसमा सहजीकरण गरिने ब्यवस्था हुनुपर्ने ।
– दूध उपभोग बढाउन विद्यालय, खेलाडी, आर्मी, पुलिस, लगायतसँग सहकार्य गरि सरोकारवाला सबैलाई साथमा लिइ विविध कार्यक्रमहरु गरिनु पर्ने ।
– मिल्क होलिडे अन्त्यका लागि छुर्पी प्रबर्द्धन गर्ने र आवश्यक स्थानमा धुलो दूध कारखाना स्थापना गर्न सरकारसँग पहल गरिनु पर्ने ।
– उद्यमीहरुको सिप विकासका लागि विभिन्न निकायसँग समन्वय गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय भ्रमण गराउन पर्ने ।
– सरोकालवाला निकायहरुसँग पहल गरि राष्ट्रिय ÷ अन्तर्राष्ट्रिय रुपको डेरी मेला आयोजन गर्नुपर्ने ।
– समय अनुसार बेला बेला नीति परिमार्जन गरि कार्यान्वयनमा ल्याउन पर्ने ।
–नव क्षितिज साप्ताहिकबाट