काठमाडौ, बिक्रम लामाको निर्माण र विष्णु रिजालको निर्देशनमा बनेको सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बुधबार एक विशेष कार्यक्रम आयोजना गरी कलाकार र सहयोगीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य (काभ्रे क्षेत्र नं .१ ) एवं पूर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज), चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वेब सिरिज ठुलेका निर्माता बिक्रम लामा, लेखक निर्देशक विष्णु रिजाललगायतले कलाकार तथा सहयोगी हरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा कलाकारहरु हिउवाला गौतम, देशभक्त खनाल, सविन बाँस्तोला, विष्णु रिजाल, बिक्रम लामा, अर्पणा कार्की, आयुष्मा ढकाल, पवन खत्री, बबिता मगर, दिप श्रेष्ठ, सुरेन्द्र खड्कालगायतका साथै सञ्चारकर्मी नवराज बजगाई र पुजन धिताललाई सम्मान गरिएको यियो ।
कार्यक्रममा निर्देशक विष्णु रिजालले बिक्रम लामाको निर्माणमा नयाँ चलचित्र ताम्सालिङ निर्माणको घोषणा गर्नु भएको थियो । त्यस्तै ठुले टिमका अग्रज कलाकार देशभक्त खनाललाई रु ३ लाखको सम्मान गर्ने घोषणा गरिएको थियो ।
कार्यक्रमका सभापति रहेका निर्माता बिक्रम लामाले सबैलाई धन्यबाद दिएका थिए ।