काभ्रे । बहुआयमिक फाइदाको लागि खर्क व्यवस्थापन सम्बन्धित निति र संस्थागत संरचनाहरु राष्ट्रिय कार्यशाला गोष्ठी धुलिखेलमा सम्पन्न भएको छ ।

इसिमोडको आयोजनामा कृषि तथा पशुपन्छी बिकास मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्वागत मन्तव्य कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको सह-सचिव सुर्य पौडेलले राखेका थिए ।

इसिमोडका सिर्जना जोशीले राष्ट्रिय कार्यशाला गोष्ठीको उदेश्य बारेमा प्रष्ट पारेकी थिइन् । जोशीका अनुसार बहुआयामिक फाइदाको लागि खर्क व्यवस्थापन सम्बन्धि कसरी गरिन्छ भन्ने बारेमा छलफल रहेको बताइन् । विशेष गरि २५ सय मिटर भन्दा माथी रहेका पालिकाहरुमा खर्क व्यवस्थापन र निति सम्बन्धि कार्यक्रमहरु भैरहेको बताइन् ।

रेंजल्याण्ड प्रयोग र व्यवस्थापनमा नेपालका प्रमुख सरोकारवालाहरूको जनादेश, भूमिका र जिम्मेवारीहरू पहिचान गर्नु, नेपालमा रेन्जल्याण्डका बहुविध फाइदाहरूका लागि रेन्जल्याण्डहरू प्रबन्धन प्रदर्शन गर्न फिल्ड साइट पहिचान गर्नु, सरकारी नि:शुल्क अनुदान र ICIMOD स्रोत मार्फत, र मोडेल साइटहरूमा सँगै गतिविधिको योजना गर्नु यसको मुख उदेश्य रहेको इसिमोडका जोशीले बताइन् ।

बहुविध लाभहरूको लागि दायरा भूमि व्यवस्थापनको सन्दर्भमा दायरा भूमि व्यवस्थापनमा नेपालको राष्ट्रिय क्षेत्र नीतिहरूको उद्देश्य, परिणाम, स्थिरता र अनुकूलताहरूको समीक्षा गरिएको थियो ।इसिमोडकाको बारेमा बन्दना शाक्यले प्रष्ट पारेकी थिइन् ।

उक्त दुई दिने गोष्ठीमा नेपालमा खर्क तथा चरन क्षेत्र ब्यबस्थापनका बहुआयामिक फाइदा, अवसर र चुनौतीहरु, सरोकारवालाहरुको भुमिका र जिम्मेवारीहरु सम्बन्धिमा सहजीकृत, नेपालमा खर्क तथा चरन क्षेत्र ब्यबस्थापनमा समता र समावेशिकरण, चरन वा खर्क ब्यबस्थापनमा बिज्ञान, निति र अभ्यासको साइनो र बहुआयामिक फाइदाको लागि खर्क ब्यबस्थापन कार्यक्रमको योजना बिषयकमा छलफल गरेका थिए ।

गोष्ठीमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको महानिर्देशक सिन्धु प्रसाद ढुगाना, कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको सचीव रेवती रमन पौडेलले मन्तव्य राखेका थिए ।